Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

‘गएको ५ वर्षमा संसदमा जनताको आवाज बोलें’

‘गएको ५ वर्षमा संसदमा जनताको आवाज बोलें’

  • 1.7K
    SHARES
  • ‘गएको ५ वर्षमा संसदमा जनताको आवाज बोलें’

    गएको झन्डै ५ वर्षदेखि यो सम्मानित सदनको सदस्यको रूपमा प्रतिनिधिसभाको काम कारबाहीमा सहभागी हुन पाएकोमा म आफूलाई भाग्यमानी ठान्दछु । मैले कैयौं कुरा सिक्ने मौका पाएँ ।

    images

    जनताका दैनिक सवालहरू उठाउने मौका पाएँ । जुनसुकै दल र विचारधाराका भएपनि धेरै मित्रहरू बनाएँ । अलि दुःख पनि लाग्छ, सम्झेर ल्याउँदा २/२ पटक जनताको प्रतिनिधि थलो प्रतिनिधिसभालाई समय अगावै भंग गर्ने प्रयासहरू पनि गरियो । तर संवैधानिक चेक एण्ड ब्यालेन्सको पद्धतिले गर्दा प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गर्न पाएको छ ।

    म यस बेला हाम्रा प्रिय नेता जननायक बीपी कोइरालालाई सम्झना चाहन्छु । एकजना पत्रकारले एकपटक उहाँलाई सोधे,‘तपाईं आफूलाई नेपाली जनताले कसरी सम्झुन् भन्ने चाहनु हुन्छ ?’ बीपीले भन्नुभयो,‘मैले जनताको घाँटीमा अड्केर बसेको कुरालाई सार्वजनिक गर्ने प्रयास गरें । त्यसै रूपमा मलाई सम्झनु भए हुन्छ ।’

    गएको ५ वर्षमा जनताको घाँटीसम्म आएर अड्किएको कुरालाइ हामीले कुन हदसम्म यो सदनमार्फत उजागर गर्न सक्यौं । इतिहासले त्यसको अवश्य मूल्यांकन गर्ने नै छ । हामी मध्ये कति साथीहरूले टिकट पाउलान्, कति जितौंला, कति हारौंला । यो सदनमा फेरि फर्केर आउन सफल हुने सबै साथीहरूले अवश्य पनि जनताको पिरमर्का र राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर काम गर्न सक्नुहोस् भन्ने मेरो शुभकामना छ ।

    प्रजातन्त्रको सौन्दर्य पनि त्यहि हो । यस अवसरमा सम्माननीय सभामुख महोदय लगायत सम्पूर्ण संसद् सचिवालयप्रति आभार व्यक्त गर्न चाहन्छु । आगामी दिनमा कुनै न कुनै रूपमा अवश्य भेट हुने नै छ । धन्यवाद, जय नेपाल ।

    [डा.संग्राैलाले आज भदाै ३१ गते प्रतिनिधिसभा बैठकमा राखेकाे मन्तव्य]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology