Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

स्वदेशी फूल कारोबारमा वृद्धि

स्वदेशी फूल कारोबारमा वृद्धि

  • 458
    SHARES
  • स्वदेशी फूल कारोबारमा वृद्धि

    काठमाडौं । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७/७८ मा एक अर्ब ६३ करोडको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

    विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ । गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात गरिएको छ ।

    एशोसिएशनको ३०औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले व्यवसायलाई प्रवर्द्धन गर्न उनीहरूका दक्षता अभिवृद्धि तथा उत्पादन बजारीकरणमा देखिएका समस्या समाधान गर्न विभागले सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन् ।

    उनले भू-उपयोगको अधिकार स्थानीय तहमा रहेकाले जमिन भाडामा लिन, व्यवसाय प्रवर्द्धन गर्न स्थानीय सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै मुलुकको आर्थिक विकास तथा समृद्धिका लागि सरकारले व्यवसायीलाई सहयोगी नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गरे ।

    कार्यक्रममा ‘पुष्प प्रवर्द्धन नीति’ २०६९ संघीय प्रकृतिको रहेकाले त्यसलाई समय सापेक्ष परिवर्तन गर्नुपर्नेमा व्यवसायीले सुझाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij