Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

  • 1.0K
    SHARES
  • अमेरिकामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित चारको मृत्यु

    मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ ।  

    images

    मेरिल्यान्डकाे बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मृत्यु हुनेमा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठा निवासी करिब २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो । मारिने अन्य व्यक्तिहरू दक्षिण अमेरिकी रहेका बुझिएको छ । 

    बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।

    मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको छ । 

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology