Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दसैँको लागि नयाँ नोट दिने

आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दसैँको लागि नयाँ नोट दिने

  • 317
    SHARES
  • आइतबारदेखि उपत्यकाका वाणिज्य बैंकले दसैँको लागि नयाँ नोट दिने

    काठमाडाैं । असोज २ गते आइतबारबाट काठमाडौं उपत्यकाभित्रका इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले पनि दसैँको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।

    नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरूलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले सबै ‘क’ वर्गका वाणिज्य बैंकलाई काठमाडौं उपत्यकाभित्रका तोकिएका शाखाबाट कार्यालयहरू मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।

    राष्ट्र बैंकका अनुसार रू.५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा १/१ प्याकेटका दरले बढीमा साढे १८ हजार रूपैयाँसम्मको सटही सुविधा गराइने छ ।

    सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यकाभित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरू तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई भनेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij