Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विभिन्न स्थानमा चारजना मृत फेला

विभिन्न स्थानमा चारजना मृत फेला

  • 264
    SHARES
  • विभिन्न स्थानमा चारजना मृत फेला

    काठमाडौं । देशका विभिन्न स्थानमा चारजना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-४ धुम्बाराहीस्थित यात्रु प्रतिक्षालयभित्र हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरूष शुक्रबार मृत फेला परेका छन् ।

    यस्तै ललितपुरको गोदावारी नगरपालिका-१४ हाडेगाउँमा बागलुङ बुर्तीबाङ घर भएका २० वर्षीय जनक खत्री मृत फेला परेको प्रहरीले जनाएको छ ।

    हाडेगाउँमा डेरा गरि बस्ने बागलुङ घर भएकी अम्बिका बुढाथोकीको कोठामा पाहुना आएका खत्री सुतेकै ठाउँमा शुक्रबार मृत फेला परेका हुन् ।

    झापाको कचनकवल गाउँपालिका-१ पुरन बस्ति बस्ने २५ वर्षीया मुन्नि राजबंशी पनि आफ्नै कोठामा शुक्रबार मृत फेला परेका छन् ।

    यसैगरी झापाको शिवसताक्षी नगरपालिका-७ नहर चोकस्थित कन्काई सिँचाई आयोजनाको नहरमा हाल पहिचान नखुलेका ७० वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन् ।

    सबैभ घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij