Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

माधव नेपाल समूहको निर्णयमा बाबुरामको टिप्पणी- कायरताको प्रदर्शन

माधव नेपाल समूहको निर्णयमा बाबुरामको टिप्पणी- कायरताको प्रदर्शन

  • 3.7K
    SHARES
  • माधव नेपाल समूहको निर्णयमा बाबुरामको टिप्पणी- कायरताको प्रदर्शन

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमाले खनाल-नेपाल समूहको निर्णय बेठीकको समर्थन गरेजस्तै भएको बताएका छन् ।

    images

    सोमबार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन बाेलाइएकाे प्रतिनिधिसभाकाे बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसैगरी नेपाल समूहका सांसदले विश्वासकाे मत दिनुअघि सामुहिक राजीनामा दिने तयारीबाट पनि पछाडि हटेको थियो । 

    भट्टराईले ठिक र बेठीकबीचकाे संघर्षमा तटस्थ बस्नु बेठीककै समर्थन गरेसरह भएकाे बताएका हुन् । उनले नेपाल पक्षकाे निर्णयलाई कायरताकाे प्रदर्शन भनेका छन् । 

    यसैबारे टिप्पणी गर्दै डा.भट्टराईले यो कायरताको प्रदर्शन भएको बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ठीक र बेठीकबीचको संघर्षमा तटस्थ बस्नु भनेको परोक्ष रूपमा बेठीकको समर्थन गर्नु वा ठीकको पक्षमा उभिन नसक्ने कायरता प्रदर्शन गर्नु हो । कहिले बेठीकहरू बीचमा नै संघर्ष पर्दा बढी बेठीकको विरोध गर्नु सत्य र न्यायका पक्षधरको धर्म हो ! अहिले ओलीप्रवृत्ति बेठीकमध्ये बढी बेठीक छस अत: विरोध गरौं । '

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology