Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पर्साका दुई पालिकाकाे बजेट सार्वजनिक

पर्साका दुई पालिकाकाे बजेट सार्वजनिक

  • 372
    SHARES
  • पर्साका दुई पालिकाकाे बजेट सार्वजनिक

    पर्सा । पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

    आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका हुन् ।

    लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुन सकेको थिएन । बहुदरमाई नगरपालिकाले ६७ करोड ७९ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

    संघीय सरकारको समानीकरण अनुदानतर्फ १३ करोड ८२ लाख, ससर्त अनुदानतर्फ २१ करोड तीन लाख, प्रत्यक्ष अनुदानतर्फ १ करोड तथा राजश्व बाँडफाँटतर्फ ९ करोड ३१ लख ४९ हजार रहेको छ ।

    नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समग्रमा विभिन्न विकास निमार्णका कार्यका साथै शिक्षालाई बढी प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले जानकारी दिए ।

    यसैगरी कालिकामाई गाउँपालिकाको आठौं गाउँ सभामार्फत ४२ करोड ६६ लाख बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको हो ।

    सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गाउँपालिकाको आवश्यक ऐन सम्बन्धित विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij