Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निर्वाचन केन्द्रित गतिविधि गर्न एमाले लमजुङको आग्रह

निर्वाचन केन्द्रित गतिविधि गर्न एमाले लमजुङको आग्रह

  • 340
    SHARES
  • निर्वाचन केन्द्रित गतिविधि गर्न एमाले लमजुङको आग्रह

    लमजुङ । नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

    एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन-आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो ।

    बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको  छ ।

    जसमा बेसीशहरको ७ असोजमा, ८ असोजमा सुन्दरबजारको, मध्यनेपालको ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।

    बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको  छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij