वेबटिभी खबर
मुम्बई । अमिताभ बच्चनले आइतबार सामाजिक सञ्जालमा भ्याक्स लाइभ इभेन्टको केही झलक सेयर गर्दै कोरोना भाइरसको घातक लहरसँग लडिरहेको भारतलाई सहयोग गर्न आग्रह गरेका छन् । ७८ वर्षीय बलिउड अभिनेता बच्चनले पोस्ट सेयर गर्दै खोपको महत्वमा जोड दिए ।
यस लाइभ कार्यक्रममा सेलेना गोमेज, प्रिन्स ह्यारी र मेगन मर्केल, जेनिफर लोपेज, बेन एफलेकजस्ता सेलिब्रेटी सहभागी भएका थिए । इभेन्ट ९ मेको राति ८ बजेदेखि ९ बजेसम्म भएको थियो ।
अमिताभले दिल्लीमा कोभिड सेन्टरका लागि दुई करोड भारु सहयोग गरेका छन् । सोमबारबाट सञ्चालमा आउन लागेको ३०० सय बेडसहितको कोभिड सेन्टरलाई उनले सहयोग गरेको कोभिड केयर फेसिलिटी रकाबगन्ज गुरुले यसबारे जानकारी दिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij