Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

निर्वाचनलाई अपाङ्गमैत्री बनाउन माग

निर्वाचनलाई अपाङ्गमैत्री बनाउन माग

  • 379
    SHARES
  • निर्वाचनलाई अपाङ्गमैत्री बनाउन माग

    चितवन । यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ ।

    नेत्रहिन युवा संघ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरूलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन ध्यानाकर्षण गराएका हुन् ।

    संघका जिल्लासचिव किरण पन्तका अनुसार नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, बिबेकशिल साझा पार्टी, राप्रपा र निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।

    प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अपाङ्गता भएका व्यक्तिले सहजै मतदान गर्न मिल्ने गरी व्यवस्था मिलाउनका लागि पहल गर्न दलहरूको ध्यानाकर्षण गराइएको उनले बताए।

    समानुपातिक निर्वाचन प्रणालीमा दलहरूले नाम सूचिकृत गर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रथामिकतामा राखिनुपर्ने, उनीहरूको हक अधिकारका बारेमा आफ्नो घोषणा पत्रमा स्पष्ट उल्लेख हुनुपर्ने, मतदान गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सहज वातावरण बनाइनुपर्नेलगायत माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

    संघकी जिल्ला कोषाध्यक्ष कोपिला केसीले मतदानस्थलमा स्वयमसेवीकारूपमा कम्तिमा एक अपाङ्गता भएका व्यक्तिलाई समेत परिचालन गर्न दलहरूलाई सुझाव दिइएको बताइन् ।

    ज्ञापनपत्र बुझ्दै दलका नेताहरूले आगामी निर्वाचन अपाङ्गमैत्री बनाउन राजनैतिक दलहरूले प्रतिबद्वता जनाएका उनको भनाइ छ । नेकपा एमालेका बाग्मती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुर्तेलले एमालेले यसअघि पनि अपाङ्गका मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि पहल गर्ने बताए ।

    नेपाली कांग्रेसका जिल्लासचिव सूर्य अर्यालले आफ्नो दल लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले अपाङ्गमैत्री निर्वाचन गराउन पहल गर्ने प्रतिबद्वता जनाए । अपाङ्गका समस्या समाधान गर्न दलहरूमार्फत निर्वाचन आयोगलाई दवाव दिने उनीहरूको भनाइ थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij