Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाजुरामा सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

बाजुरामा सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

  • 295
    SHARES
  • बाजुरामा सहुलियत दरमा खाद्यान्न बिक्री सुरु

    बाजुरा । दसैं र तिहारलाई लक्षितगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको छ ।

    कम्पनीले सार्वजनिक सूचना जारी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सहुलियत दरमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए ।

    उनका अनुसार जिल्ला सदरमुकाम मार्तडी र पूर्वी उत्तरी भेगका चार पालिकाका लागि कोल्टी डिपोबाट खाद्यान्न बिक्री थालिएको छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुराले अरुवा मोटा चामल प्रतिकिलो ४१ र जिरा मसिनो प्रतिकिलो ६१ दरले मार्तडी र कोल्टीबाट बिक्री थालिएको कम्पनी प्रमुख ओझाले जानकारी दिए ।

    चाडपर्व लक्षित गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्यअनुसार चामलमा प्रतिकिलो ७ छुट दिएको शाखा प्रमुख ओझा बताए ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा अहिले एक हजार दुई सय क्विन्टल र कोल्टी डिपो शाखाका लागि एक हजार तीन सय क्विन्टल चामल बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij