Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एलिजाबेथको अन्त्येष्टि आज, दशकौंपछि विश्व नेताहरू बेलायतमा भेला

एलिजाबेथको अन्त्येष्टि आज, दशकौंपछि विश्व नेताहरू बेलायतमा भेला

  • 534
    SHARES
  • एलिजाबेथको अन्त्येष्टि आज, दशकौंपछि विश्व नेताहरू बेलायतमा भेला

    एजेन्सी, लन्डन । गत साता मृत्यु भएकी बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि आज हुने भएको छ ।

    महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ । 

    बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११: ५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

    बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झन्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

    अन्त्येष्टि समारोहमा नेपालका परराष्ट्रमन्त्री डा। नारायण खड्का र राजदूत ज्ञानचन्द्र आचार्यले भाग लिनेछन् ।

    महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि चाल्र्स तृतीय बेलायतको नयाँ राजा बनेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij