Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

गणतन्त्र दिवसमा को-को कलाकारले पाए पदक

गणतन्त्र दिवसमा को-को कलाकारले पाए पदक

  • 75
    SHARES
  • गणतन्त्र दिवसमा को-को कलाकारले पाए पदक

    काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित हुने ९९८ जनाको नाम घोषणा गरेकी छिन् ।

    यसरी घोषणा गरिएका व्यक्तिलाई आगामी २०८० वैशाख १ गते नयाँ वर्षको दिन राष्ट्रपतिबाट ती मानपदवी, अलंकार र पदक प्रदान गरिन्छ । अघिल्ला वर्षहरूमा जस्तै यसवर्ष पनि मानपदवी, अलंकार र पदक पाउनेको सूचिमा थुप्रै कलाकारहरूको नाम समेटिएको छ ।

    यसवर्ष चार जना कलाकारलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ । सुकीर्तिमय राष्ट्रदीप पाउनेमा वरिष्ठ कलाकार नीर शाह, नायक राजेश हमाल, कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ रहेका छन् ।

    राष्ट्रपतिले सुप्रबल जनसेवाश्री अभिनेता अर्जुन श्रेष्ठलाई दिने घोषणा गरेकी छन् । अभिनेता तथा निर्देशक कृष्णकुमार मल्ल र कलाकार मिथिला शर्मालाई कीर्तिमय राष्ट्रदीप दिने घोषणा गरिएको छ ।

    त्यस्तै प्रबल जनसेवाश्री अभिनेता तथा निर्देशक निर्मल शर्मा र कलाकार दयाहाङ राईलाई दिने घोषणा गरिएको छ ।

    कलाकार प्रदीप खड्का, निर्देशक माधव राज खरेल, नृत्य निर्देशक शिवराम बिक, निर्देशक रमेश कोइराला, कलाकार सनम कठायत, अभिनेता कुमार बस्नेत र कलाकार मनोहर सुनाम परियारलाई जनसेवाश्री दिने राष्ट्रपतिले घोषणा गरेकी छन् ।

    नेपाल सेवा प्रवीण पाउनेको सूचीमा कलाकार सानु कान्छा शाही, प्रभाकार शर्मा, इन्द्रबहादुर खत्री र कष्णबहादुर बिकको नाम रहेको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology