Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टिकटक प्रयोगमा प्रतिबन्ध

टिकटक प्रयोगमा प्रतिबन्ध

  • 412
    SHARES
  • टिकटक प्रयोगमा प्रतिबन्ध

    अफगानिस्तान । अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

    तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन् ।

    मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ ।

    प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

    तालिबान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेबसाइट बन्द गरिदिएको थियो ।

    तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने,‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेबसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij