Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जीर्ण भवनले पठनपाठनमा समस्या  

जीर्ण भवनले पठनपाठनमा समस्या  

  • 392
    SHARES
  • जीर्ण भवनले पठनपाठनमा समस्या  

    बाग्लुङ । विद्यालय भवन मर्मत अभावमा गाह्रो बांगिएको छ । भवन छाएको जस्तापाता खिया मात्रै लागेको छैन्, कुच्चिएको छ । भित्ताको माटो उप्किएर भवन चर्किएको भाग प्रष्ट देखिन्छ ।

    यो अवस्था बाग्लुङ जिल्ला सदरमुकामस्थित बाग्लुङ नगरपालिका-७ ठाडास्वार छरिखोलास्थित सरस्वती प्राथमिक विद्यालयको हो । विद्यालयको भौतिक संरचनाको दुईकोठे भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।

    आफ्नो दुई कोठे जीर्ण भवनबाटै विद्यार्थीलाई पठनपाठन गराउन बाध्य रहेको विद्यालयका प्रधानध्यापक रेशम परियारले बताए ।

    ‘दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । भवन अभावमा पठनपाठनमा निकै समस्या भयो । जीर्ण दुई कोठे भवन र तीन कोठे पक्की भवन छ । बालविकास र पाँच कक्षा, प्रशासनिक काम, पुस्तकालय र प्रयोगशाला सबै त्यहीँ पाँच वटा कोठाबाट चलाइएको छ’, परियारले भने ।

    ‘पक्की भवनको कोठालाई बाँडेर पढाउन बाध्य छौं, जीर्ण भवन मर्मत गर्ने विद्यालयको आन्तरिक स्रोत छैन् ।’ बाग्लुङ नगरपालिका-७ का वडाध्यक्ष मघराज गैरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनलाई बजेट पर्ला भनेर वडाले तारबारलाई बजेट पारेको बताए ।

    गैरले भने, ‘विद्यार्थी कम भएको विद्यालयलाई त केही नहोला तर यहाँत दलित समुदायका विद्यार्थीलाई पठनपाठनमा असहज भएको छ ।’

    यस वर्ष राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत कार्यक्रममा भवन समावेश नभए पनि अर्को पटक पहिलो प्राथमिकतामा पारेर भवन माग गर्ने बाग्लुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij