Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

कर्मचारी नहुँदा भेन्टिलेटर प्रयोगविहीन

कर्मचारी नहुँदा भेन्टिलेटर प्रयोगविहीन

  • 309
    SHARES
  • कर्मचारी नहुँदा भेन्टिलेटर प्रयोगविहीन

    काठमाडाैं । साढे दुई वर्षअघि जिल्ला अस्पताल लमजुङले ल्याएको  भेन्टिलेटर अझै सञ्चालनमा आएको छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरि ल्याइएको उपकरणहरू आवश्यक कर्मचारी नहुँदा प्रयोगविहीन बनेका हुन् ।

    images

    अस्पतालको आर्थिक स्रोत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

    गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष ०७६/७७ मा बजेट प्राप्त भएपछि आर्थिक वर्ष ०७७/७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आईपुगेको थियो ।

    उपकरण भएर पनि जनशक्ति नहुँदा साढे दुई वर्षदेखि अलपत्र रहेको उनको भनाइ छ । प्रदेश सरकारले आईसिसियू कक्ष सञ्चालनको लागि आर्थिक वर्ष ०७६/७७ मा १ करोड ६९ लाख १९ हजार रूपैयाँ उपलब्ध गराएको थियो ।

    तर विश्वव्यापी कोरोना  संक्रमण जोखिमसँगै लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले बताए  ।

    तत्कालिन समयमा कोभिड-१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोही आर्थिक वर्षभित्रै आईसिसियू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन ।

    अस्पताल प्रमुख श्रेष्ठका अनुसार दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालन गर्ने प्रयास गरे पनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको हो ।

    कोभिड संक्रमितको उपचारलाई लक्षित गरि ल्याईएको उपकरण कोरोनाको तेश्रो लहर सकिएसँगै चौथो लहरप सुरु हुँदासम्म पनि उपयोगमा नआउँदा सरकारको काम कारबाही प्रति नै सरोकारवालाहरुले प्रश्न उठाउँदै आएका छन् ।

    भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पतालमार्फत पटकपटक जनशक्ति माग गरिए थियो । हाल भने महंगीका कारण जनशक्ति ल्याउन नसकेको अस्पताल प्रशासन प्रमुख श्रेष्ठले बताए ।

    अस्पतालमा भेन्टिलेटरसहित पाँच वटा आईसियू कक्ष सञ्चालन गर्ने तयारी गरिएको थियो । अहिले सोही ठाउँमा डायलाइसिस सेवा सुरु गरिएको हुँदा ठाउँ अभावका कारण पनि भेन्टिलेटर सहितको आईसियू कक्ष सञ्चालनमा ल्याउन नसकिएको श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology