Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

डेंगुबाट बाग्मती प्रदेशमा एघार जनाको मृत्यु

डेंगुबाट बाग्मती प्रदेशमा एघार जनाको मृत्यु

  • 66
    SHARES
  • डेंगुबाट बाग्मती प्रदेशमा एघार जनाको मृत्यु

    हेटौँडा । बाग्मती प्रदेशमा डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको तथ्यांक अनुसार डेंगुका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौंमा ४, ललितपुरमा २, सिन्धुपाल्चोकमा २, मकवानपुरका १, सिन्धुलीमा १ जना र धादिङमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

    यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेका छन् । तीमध्य सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ जना डेंगु का बिरामी फेला परेका छन् ।

    यस्तै काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुका संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology