Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पाल्पामा डेंगु संक्रमित बढ्दै

पाल्पामा डेंगु संक्रमित बढ्दै

  • 300
    SHARES
  • पाल्पामा डेंगु संक्रमित बढ्दै

    काठमाडौं । पाल्पामा डेंगु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म १५७ जना डेंगु संक्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए ।

    images

    उनका अनुसार डेंगुको संक्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । संक्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा संक्रमित बढिरहेको उनले बताए । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव भएकाे छ ।

    डेंगु नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । डेंगुको भाइरसबाट संक्रमित भएको ‘एडिस रजिष्टाइ’ जातको पोथीले यो रोग सार्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology