एजेन्सी, डेनमार्क । डेनमार्ककी रानी मार्ग्रेटलाई यस वर्ष दोस्रो पटक कोभिड-१९ को संक्रमण पुष्टि भएको डेनमार्कको शाही अदालतले पुष्टि गरेको छ । मंगलबार कोभिड पुष्टि भएपछि रानी मार्गरेट द्वितीयले सम्पूर्ण भेटघाटका कार्य रद्द गरिन् ।
मार्ग्रेटले कोभिड विरुद्धको खोप लगाएकी थिइन् । यो वर्षको फेब्रुवरीमा पनि उनलाई कोभिड देखा परेको थियो।
८२ वर्षीया रानी सोमबार महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी दुई हजार पाहुना मध्ये एक थिइन् ।
उनी बेलायती महारानीको मृत्युपछि युरोपको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्र प्रमुख हुन् ।
उनी र महारानी एलिजाबेथ दुबै रानी भिक्टोरियाका वंशज हुन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology