Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

बारामा ४४ जनामा देखियो डेंगु

बारामा ४४ जनामा देखियो डेंगु

  • 48
    SHARES
  • बारामा ४४ जनामा देखियो डेंगु

    बारा । बारामा डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । 
    बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए । उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगुका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए ।

    डेंगु परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए। डेंगु अझै बढ्न सक्ने उनको भनाइ छ ।

    बारामा डेंगुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेंगुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रादेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # डेंगु

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology