Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

  • 337
    SHARES
  • मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

    काठमाडौं । काठमाडौंको डल्लुस्थित रामघाट पुल नजिकै गएराती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा काठमाडौंको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ ।

    टंकेश्वरबाट डल्लुपुलतर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनीट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे ठोक्किएका थिए ।

    दुवै सवारी साधनसहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij