Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

बाढी र पहिराेले सुडानमा १४६ को मृत्यु

बाढी र पहिराेले सुडानमा १४६ को मृत्यु

  • 68
    SHARES
  • बाढी र पहिराेले सुडानमा १४६ को मृत्यु

    सुडान । सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको संख्या १ सय ४६ पुगेको छ । नेसनल काउन्सिल फर सिभिल डिफेन्सलका अनुसार अरू केही व्यक्ति हराइरहेका छन् । 

    सो काउन्सिलले यही सेप्टेम्बर महिनाको २१ तारिखअर्थात बुधबारसम्ममा यहाँ बाढी र पहिरोबाट ज्यान जाने नागरिकको संख्या १ सय ४६ पुगेको जानकारी बुधबार दिएको छ ।

    बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरू ७ हजार घरमा क्षति पुगेको छ । 

    उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । 

    बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ ।

    यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरूमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology