Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता

इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता

  • 58
    SHARES
  • इजरायलका प्रधानमन्त्री र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता

    जेरुसेलम । इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच मंगलबार भेटवार्ता भएको छ ।

    दुई देशका ती नेताहरूबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    संयुक्त राष्ट्रसंघको ७७औं महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरूका बीचमा भेटवार्ता भएको हो ।

    जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरूले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए ।

    साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरूका बीचमा छलफल भएको जनाइएको छ । उनीहरूले विषेश गरेर आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रित गरेका थिए ।

    दुई देशका बीचमा गत अगस्टमा पूर्ण रूपमा कुटनीतिक सम्बन्धलाई ब्यूँताउने सम्झौता भएको थियो ।   

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology