Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नागरिकताको हक स्थापित गर्न खोज्दा गठबन्धनले अवरोध गर्‍याे : एमाले महासचिव पाेखरेल

नागरिकताको हक स्थापित गर्न खोज्दा गठबन्धनले अवरोध गर्‍याे : एमाले महासचिव पाेखरेल

  • 280
    SHARES
  • नागरिकताको हक स्थापित गर्न खोज्दा गठबन्धनले अवरोध गर्‍याे : एमाले महासचिव पाेखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली आमाबाबुका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनले अवरोध गरेको बताएका छन् ।

    images

    बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले साे कुरा बताएका हुन् । उनले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।

    पोखरेलले भने,‘जन्मसिद्ध नागरिकका सन्तानको हक सुनिश्चित गर्न हामीले अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन् । यदि त्यो अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसकेका हुन्थे ।’

    राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट चुनौती दिन खोजेको आरोपसमेत महासचिव पोखरेलले गठबन्धनमाथि लगाए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology