Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

दिल्लीमा गरियो राजु श्रीवास्तवको अन्तिम संस्कार  

दिल्लीमा गरियो राजु श्रीवास्तवको अन्तिम संस्कार  

  • 376
    SHARES
  • दिल्लीमा गरियो राजु श्रीवास्तवको अन्तिम संस्कार  

    नयाँ दिल्ली । हार्टअट्याकबाट निधन भएका भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको बिहीबार दिल्लीको निगमबोध घाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।

    images

    हार्टअट्याकको उपचारमा करिब डेढ महिना भेन्टिलेटरमा राखेर उपचार भइरहेकै बेला बुधबार उनको निधन भएको थियो । उनको शवयात्रा दिल्लीको दशरथपुरबाट सुरु भएको थियो । शवयात्रामा ठूला संख्यामा उनका समर्थक सहभागी थिए ।

    भारतीय जनता पार्टीसँग निकट राजु राजनीतिक भेटघाटका लागि दिल्ली आएका बेला जिम हाउसमा कसरत गर्ने क्रममा एक्कासी बिरामी परेका थिए ।

    उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । उपचारकै बीचमा उनले हातखुट्टा चलाएको र स्वास्थ्यमा सुधार भएका समाचारहरू पनि आएका थिए । तर उनी उपचारबाट निको हुन सकेनन् । बुधबार उनको अवस्था लगातार बिग्रँदै गएर निधन हुनु पुग्यो ।

    उनको शवयात्रामा नेता तथा सेलिब्रेटीहरू सहभागी भएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology