Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

  • 79
    SHARES
  • घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री परियार

    काठमाडाैं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि गठन गरेको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार चयन भएका छन् ।

    घोषणापत्र तयारी समितिको पहिलो बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम परियारलाई घोषणापत्र तयारी समितिको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

    समितिका सदस्य सचिव डा.प्रदीप पराजुलीले सञ्चारमाध्यमले आवश्यक सूचना एवम् विविध विषयमा तय हुने अवधारणाका लागि परियारलाई सम्पर्क गर्न सक्ने जनाएका छन् ।

    कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबारमात्रै ४१ जनालाई समिति सदस्यमा मनोनीत गरेका थिए ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology