Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कटवाल प्रकरण सम्झिँदै बाबुरामले भने– राष्ट्रपतिबाट असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो

कटवाल प्रकरण सम्झिँदै बाबुरामले भने– राष्ट्रपतिबाट असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो

  • 982
    SHARES
  • कटवाल प्रकरण सम्झिँदै बाबुरामले भने– राष्ट्रपतिबाट असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको बताएका छन् ।

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै डा.भट्टराईले बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथाको लोकार्पण कार्यक्रममा सो कुरा बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने,‘कटवाल प्रकणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यसलाई स्वीकार गर्नुभएको छ । त्यतिबेला माओवादीले सेना नै कब्जा गर्न खोजेको भन्ने आगो लगाइएको थियो । त्यो तथ्यसंगत थिएन । राजाप्रति निष्ठावान सेना जनताप्रति निष्ठावान गर्नुपर्छ भन्ने हो । मन्त्रिषरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ, सुरुवात त्यतिबेला नै भएको थियो ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको थियो ।

    पूर्वप्रधानमन्त्री थापाको पुस्तकमा तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई भारतमा भएको भनेर लेखिएको कुरा पनि तथ्यसंगत नभएको डा.भट्टराईले स्पष्ट पारे ।

    उनले भने, ‘दिल्लीको हस्तक्षेपमा १२ बुँदे भएको भन्ने सत्य होइन । त्यसको सुरुवात हामीले नै गरेका थियौं । २००७ सालमा भएको सहमति त नेहरुजीले आफैं ड्राफ्ट गरेर कोइरालाहरूलाई दिएका थिए । तर १२ बुँदे त्यस्तो होइन ।’

    उनले १२ बुँदे सम्झौताको मस्यौदा आफूसहित केपी शर्मा ओली र नारायणकाजी श्रेष्ठले गरेको बताए । पछि यसलाई प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले अन्तिम रूप दिएको उनको भनाइ छ । ‘इतिहासलाई तोडमोड गर्नुहुँदैन, १२ बुँदे दिल्लीले नै गरेको थियो भन्दा अन्याय हुन्छ’,डा.भट्टराईले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology