Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

घाइतेको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीको निर्देशन

घाइतेको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीको निर्देशन

  • 71
    SHARES
  • घाइतेको उद्धारमा हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन् ।

    भूमे गाउँपालिका ३ क्याङ्सी बगरमा बिहीबार भएको बस दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएका छन् ।

    गृहमन्त्री खाणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न हेलिकप्टर प्रयोग गर्न निर्देशन दिएका हुन् ।

    काठमाडौंबाट रूकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका क्याङसी बगरमा दुर्घटना भएको थियो ।

    घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रूकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले बताए ।

    गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिएका थिए ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology