Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

सरकारको रबैयाबाट चाडबाडकाे मुखैमा विद्यालय कर्मचारी निराश

सरकारको रबैयाबाट चाडबाडकाे मुखैमा विद्यालय कर्मचारी निराश

  • 9.0K
    SHARES
  • सरकारको रबैयाबाट चाडबाडकाे मुखैमा विद्यालय कर्मचारी निराश

    काठमाडौं । विभिन्न माग राख्दै गत भदौ १ गतेदेखि संघीय राजधानी काठमाडौंकेन्द्रित आन्दोलन गरेको नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समिति सरकारको रबैयाबाट निराश भएको छ ।

    वार्ताको वातावरण बनाउन भन्दै बृहत् प्रदर्शन र विद्यालय बन्द जस्ता कार्यक्रम स्थगित गरेको परिषद् सरकारसँगको पटक–पटक वार्ताबाट निष्कर्ष ननिस्किएपछि निराश बनेको हो ।

    विद्यालय कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ मन्त्रालयललाई पत्र पठाए पनि अर्थ मन्त्रालयले पत्रको अवज्ञा गरेको छ ।

    अर्थ मन्त्रालयका अधिकारीहरूले असोज ४ गते मागका विषयमा सहमति हुने आश्वासन दिएका थिए । तर आज भदौ ६ गते बितिसक्दासमेत मन्त्रालयको कुनै निर्णय आएको छैन ।

    अर्थ मन्त्रालयको ठोस निर्णय पर्खेर ठूला चाडपर्वको मुखैमा विद्यालय कर्मचारीहरू राजधानी काठमाडौं बसेका छन् ।

    नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले अर्थ मन्त्रालयले घटस्थापना अगाडि नै उपलब्धिमूलक सहमति हुनुपर्ने बताउँछन् ।

    ‘अर्थ मन्त्रालयको हामीसँगको व्यवहारले निराश छौैं । घटस्थापना अगाडि नै अर्थ मन्त्रालयले हामीसँग उपलब्धिमूलक सहमति गर्नुपर्छ । माग सम्बोधन हुनुपर्छ । हामी देशभरका विद्यालय कर्मचारी साथीहरूले ठूला चाडपर्व नमान्ने ? सरकारी पक्षले हामीलाई निराश बनाउनु भएको छ,’ महासचिव योगीले भने ।

    उनले अर्थ मन्त्रालयसँग वार्ता गर्न भने नछोड्ने बताए । उनले भने, ‘यतिधेरै दिन भैसक्यो । उपलब्धि केही भएको छैन । चाडपर्वको मुखमा हामी निराश छौं । अर्थ मन्त्रालयले छिटो निकाश दिनुपर्छ । हामी वार्तामा बस्न छाड्दैनौं ।’

    विद्यालय कर्मचारी परिषद्ले बुधबार अर्थ मन्त्री जनार्दन शर्मासँग छलफल गरेको थियो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology