Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

उपत्यकामा एकै दिन ४ ठाउँ आगलागी

उपत्यकामा एकै दिन ४ ठाउँ आगलागी

  • आश्विन ६, २०७९ बिहिवार २१:४७ बजे
  • 54
    SHARES
  • उपत्यकामा एकै दिन ४ ठाउँ आगलागी

    काठमाडौं । असोज ५ गते बिहान १ बजेदेखि साँझ ६ः३० सम्ममा काठमाडौं र ललितपुरका विभिन्‍न ४ ठाउँमा आगलागी भयो। यसमध्ये साँझ साढे ६ बजे बुढानिलकण्ठ नगरपालिका वडा नं.११ राममन्दिर अगाडिको घरमा लागेको आगोले मानवीयसहित ठूलो भौतिक क्षति पुर्‍यायो । 

    यो आगो नियन्त्रण गर्न काठमाडौं बारुण यन्त्र कार्यालयबाट २ वटा, भक्तपुर र ललितपुर वारुण यन्त्र कार्यालयबाट १–१ र बुढानिलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यन प्राधिकरणबाट १–१ दमकल प्रयोग गरिएको थियो। त्यसैगरी खानेपानी बोकेर हिँडेका केही निजी ट्यांकरको पनि प्रयोग भएको थियो। 

    आगलागीमा रामहिटीको दमकल सबैभन्दा पहिले पुगेको थियो। आफू एक्लैले नियन्त्रण गर्न नसक्ने भएपछि काठमाडौं दमकललाई खबर गरेको थियो। बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डित भन्छन्, ‘काठमाडौंजस्तो घना बस्ती भएको र सानो(सानो गल्ली भएको सहरमा ठूला प्रकृतिको आगो नियन्त्रण गर्न साँघुरो सडक र सवारी चाप नै मुख्य चुनौती हो। गल्लीमा दमकल लैजान र फर्काउन मिलाउनु पर्ने भएपछि आगो नियन्त्रणको क्षमता त्यत्तिकै कम हुन्छ।’ 

    बारुण यन्त्र कार्यालयका फायर कमाण्डर एवं नगर प्रहरी नायब निरीक्षक नरेशराज कुँवरले आगलागी नियन्त्रणका लागि भोग्नु परेको समस्या सुनाउँदै भने, ‘हामी पुग्दा कोठामा राखिएका अक्सिजन ग्यासका सिलिण्डर बम जत्तिकै पड्किँदै थिए। ग्याससहितको मिश्रित आगो दन्किरहेको थियो। हामीले निरन्तर प्रयास गर्दा रातको साढ १० बजे मात्र आगो पूर्ण नियन्त्रणमा लिएका थियौँ।’

    आगलागी भएको घर कपनको राममन्दिर अगाडि छ। घरको कोठाबाट पर्वतारोहण सम्बन्धी काम हुन्थ्यो। यसैका लागि भण्डारण गरिएका अक्सिजन ग्याँसका सिलिण्डर पड्किएका हुन्। आगलागीबाट ३० वर्षीय अशोक राई, २५ वर्षका हेवान शेर्पा र २७ वर्षका कासाङ् तेञ्जिङ् शेर्पाको निधन भयो। घाइते हुनेमा २८ वर्षका कुशल बुढाथोकी छन्। उनको उपचार भइरहेको छ। 

    यसै दिन विहान १ः५५ बजे वडा नं. २६ गोङ्गबु टाउन प्लानिङको पसलमा आगलागी भएको थियो। त्यस्तै बुधबार बिहान १० बजेर २० मिनेटको समयमा काठमाडौं महानगरको वडा नं २९ पुतलीसडकस्थित न्युप्लाजाको बिजुलीको पोलमा आगलागी भएको थियो। दिउँसो १ बजेर ५६ मिनेट जाँदा ललितपुर धोवीघाटको कवाडी पसलमा आगलागी भएको थियो। 

     


    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology