Logo

२०७९, आश्विन १३ गते बिहिवार

२०७९, आश्विन १३ गते बिहिवार

मौसममा आंशिकदेखि सामान्य बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

मौसममा आंशिकदेखि सामान्य बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

  • 49
    SHARES
  • मौसममा आंशिकदेखि सामान्य बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?

    काठमाडौं । हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने राति देशभर आंशिक देखि सामान्य बदली रही देशका तराई भू-भागका केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    महाशाखाका अनुसार भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका तराई भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology