वेबटिभी खबर
गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराति ट्रयाक्टर अनियन्त्रित भई भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ बर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।
गएराति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी भच्छेकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij