Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट

प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट

  • 347
    SHARES
  • प्राथमिकतामा परेन राष्ट्रपतिविरुद्धको रिट

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गर्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमाथि शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको छ । 

    न्यायाधीश डा.मनोज शर्माको एकल इजलासमा पेसी तोकिएको छ । तर, राष्ट्रपति भण्डारीलाई विधेयक प्रमाणीकरण गराउन परमादेश/उत्प्रेषण आदेश माग गरिएको रिटको शुक्रबार हुने सुनुवाइ सूचीमा ३२औँ नम्बरमा राखिएको छ ।

    उक्त माग राखेर पाँचवटा रिट परेका छन् । अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा.सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश मागेका छन् । 

    ३१ वटा रिटको सुनुवाइपछि पालो आउने भएकाले शुक्रबार नै सुनुवाइ हुनेमा शंका उत्पन्न भएको छ ।  संघीय संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो । तर, उनले नगरेपछि उक्त माग राखेर सर्वोच्चमा रिट परेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij