Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार बनेन भने के हुन्छ ? संविधानमा यस्तो छ व्यवस्था

राष्ट्रपतिले दिएको समयसीमाभित्र नयाँ सरकार बनेन भने के हुन्छ ? संविधानमा यस्तो छ व्यवस्था

  • 608
    SHARES
  • राष्ट्रपतिले दिएको  समयसीमाभित्र नयाँ सरकार बनेन भने के हुन्छ ? संविधानमा यस्तो  छ व्यवस्था

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)  बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् ।

    अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । 

    संसद्का मुख्य विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नयाँ सरकार गठन प्रक्रियामा लागेका छन् । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादीको ४८ र जसपाको ३२ सांसद छन् । 

    राष्ट्रपतिले दिएको समयसीमाभित्र दुई वा दुई भन्दा बढी दलले बहुमतसहित दावी पेश नगरेमा संविधानको धारा ७६ (३) अनुसार सरकार निर्माणको बाटो खुला हुनेछ । सो धारामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सक्ने प्रावधान रहेको छ । 

    76.2.jpg

    newgov..jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij