Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्राथमिक तह शिक्षक सरह तलब–सेवासुविधा देऊ :  इसीडी शिक्षक 

प्राथमिक तह शिक्षक सरह तलब–सेवासुविधा देऊ :  इसीडी शिक्षक 

  • 5.2K
    SHARES
  • प्राथमिक तह शिक्षक सरह तलब–सेवासुविधा देऊ :  इसीडी शिक्षक 

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले असोज २ गते संघीय राजधानी काठमाडौंमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरे ।

    images

    कार्यक्रम प्रारम्भिक बालविकास शिक्षक केन्द्रीय समितिले आयोजना गरेकाे थियाे । उक्त कार्यक्रमा शिक्षक संघसंगठनसम्बद्ध व्यक्तिहरूले इसीडी शिक्षकलाई प्राथमिक तह शिक्षक सरह तलब र सेवासुविधा दिन माग गरे ।

    नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधरले पनि इसीडी शिक्षकको योग्यता प्राथमिक तह शिक्षककै बराबरको भएकाले सोअनुसार तलब र सेवासुविधा दिन सरकारसँग माग गरिन् ।

    उनले इसीडी शिक्षकलाई स्थायी प्रक्रियामा लैजान ढिला भएकाे बताइन् । अन्तर्क्रिया कार्यक्रममा बोल्ने सबै इसीडी शिक्षकले १०–४ बजेसम्म विद्यालय बस्न बाध्य भएको र सो अनुसारको पारिश्रमिक नपाएको गुनासो गरे ।

    इसीडी शिक्षकले आफूहरूलाई विद्यालय तहदेखि नै विभेद भएको बताउँदै विभेद अन्त्य गर्न आग्रह गरे ।

    शिक्षा राज्यमन्त्री बाेधमाया कुमारी यादवसमेत उपस्थित अन्तर्क्रियामा खुलेरै इसीडी शिक्षकले आफ्ना समस्या र गुनासा राखे । तर शिक्षा राज्यमन्त्री यादवले इसीडी शिक्षकका समस्या समाधान गर्न खासै पहल गरेको देखिएन । उनले संक्षिप्तमा आफ्ना केही भनाइ राखिन् र अन्तर्क्रिया कार्यक्रमबाट बिदा भइन् ।

    इसीडी शिक्षकले सरकारले बारम्बार अन्यायपूर्ण व्यवहार गर्दा मनोबल गिरेको र शिक्षण सिकाई प्रक्रियामा असर पुगेको बताए ।

    संघीय र स्थानीय सरकारबीच तलबदेखि शिक्षण सिकाईको मापदण्डको तालमेल नहुँदा अन्योलमा परेको पनि इसीडी शिक्षकले कार्यक्रममा बताए ।

    बालविकास शिक्षक केन्द्रीय समितिले गर्‍याे यस्ता माग बालविकास शिक्षक केन्द्रीय समितिले गर्‍याे यस्ता माग

    सरकारको इसीडी शिक्षक, विद्यालय कर्मचारी र शिक्षकलाई हेर्ने नजर घटिया छ : कमला तुलाधर सरकारको इसीडी शिक्षक, विद्यालय कर्मचारी र शिक्षकलाई हेर्ने नजर घटिया छ : कमला तुलाधर

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology