Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुले प्रदीप र क्रिस्टिना [फोटो फिचर]

विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुले प्रदीप र क्रिस्टिना [फोटो फिचर]

  • 452
    SHARES
  • विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुले प्रदीप र क्रिस्टिना [फोटो फिचर]

    काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । 

    images

    शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् ।

    शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो । नेपालमा पनि घटस्थापनको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने निर्देशक सेनले बताए । 

    भारतमा प्रेमगीत ३ लाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

    308139854_636514594743912_4218567269037955216_n.jpg

    307586124_1674559799665140_8326913693190150048_n.jpg

    307294174_5394127040655964_2329962635144673359_n.jpg

    308202757_1230394700864604_7864995698437060260_n.jpg

    307078814_2260252117483847_843069634759499189_n.jpg

    307096116_457567273078600_3157328442689922134_n.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology