Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं महानगरका ८ वटा वडामा क्षयरोग जाँच निःशुल्क

काठमाडौं महानगरका ८ वटा वडामा क्षयरोग जाँच निःशुल्क

  • 372
    SHARES
  • काठमाडौं महानगरका ८ वटा वडामा क्षयरोग जाँच निःशुल्क

    काठमाडौं । काठमाडौं महानगरपालिकाका ८ वटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ ।

    जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो ।

    सो संस्थाले काठमाडौं महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो ।

    जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौं महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

    समाजमा लुकेर रहेका क्षयरोग विरामीलाई स्वास्थ्य उपचार गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौं महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच निःशुल्क गर्ने जनाएको छ ।

    कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उदेश्य हो ।

    यस्तै जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

    सो संस्थाले बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij