वेबटिभी खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ ।
लोसपाले शुक्रबार राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको हो ।
वार्ता समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij