Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नागरिकता विधेयक राष्ट्रहित विपरीत : पौडेल

नागरिकता विधेयक राष्ट्रहित विपरीत : पौडेल

  • 478
    SHARES
  • नागरिकता विधेयक राष्ट्रहित विपरीत : पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले संसदले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रहित अनुकूल नभएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेको बताएका छन् ।

    सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई प्राथमिकतामा नराखी भोलि बिहे गरेर आउनेहरूका लागि प्राथमिकता दिएर विधेयक ल्याएकाले यो राष्ट्रहित अनुकूल नभएको उनको दाबी छ ।

    नेपाल निजामती कर्मचारी संगठन रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले उक्त कुरा बताएका हुन् ।

    उनले भने,‘जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्नेमा एमाले दृढ छ । तर गठबन्धन सरकारले यसलाई भन्दाबढी प्राथमिकता बिहे गरेर नेपाल आउनेहरूलाई राख्यो, जसका कारण नागरिकता विधेयक राष्ट्रको हितमा देखिएन ।’

    उपाध्यक्ष पौडेलले पाँच दलीय गठबन्धन मुलुकमा बेथिति सिर्जना गर्ने उद्देश्यले निर्माण गरिएको आरोप समेत लगाए । उनले भने, ‘गठबन्धन मुलुकमा बेथिति ल्याउनका लागि जन्मेको हो । जोसँग मुलुकमा अस्थिरता सिर्जना गर्ने बाहेक अर्को एजेण्डा छैन ।’

    पाँच दलीय गठबन्धन पाँचतिर फर्केको र यससँग साझा नीति, कार्यक्रम र घोषणापत्र नभएको र देश हाँक्ने विश्वासिलो नेतृत्वसमेत नभएको दाबी गर्दै उपाध्यक्ष पौडेलले मुलुकलाई यो बेथितिबाट पार लाउन आगामी चुनाव एमालेले जित्नैपर्ने बताए ।

    निजामती कर्मचारी संगठनले कर्मचारीको वृत्ति विकासदेखि लिएर अन्य पेसागत मुद्दाहरू सम्बोधन गर्नका लागि पनि एमालेको जित अपरिहार्य रहेको उनले बताए ।

    उनले पेसाकर्मीहरूको मनोबल माथि उठाउनुपर्ने र उनीहरूको स्वाभिमानमा आँच पुग्न दिन नहुने कुरामा एमाले दृढ रहेको पनि बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij