वेबटिभी खबर
काठमाडौं । गत बैशाख महिनामा भएकाे स्थानीय तह निर्वाचनपछि काभ्रे जिल्लामा ६ हजार ५६० मतदाता थपिएका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा ३ लाख ३ हजार ५६० रहेका थिए ।
आसन्न निर्वाचनमा जिल्लाका ३ लाख १० हजार ६३ मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयको अन्तिम मतदाता नामावलीअनुसार उक्त संख्या कायम भएको हो ।
त्यसमा १ लाख ५७ हजार ९४७ पुरुष, १ लाख ५२ हजार ११४ महिला र अन्य २ मतदाता रहेका छन् । त्यस्तै आगामी मंसिर ४ गतेका लागि १९० मतदानस्थलका ३८९ मतदान केन्द्र तोकिएको छ ।
जिल्लामा एउटा मतदानस्थल र ८ मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । प्रतिनिधसभा निर्वाचन क्षेत्रनम्बर १ अन्तर्गत धार्ने ज्योति माध्यमिक विद्यालयमा एक मतदानस्थल थप भएको हो ।
उक्त केन्द्रमा ३३२ पुरुष र २५९ महिला गरि पाँच ५९१ मतदाता रहेका छन् । कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर १ मा कुल मतदाता १ लाख ५२ हजार ६९९ रहेका छन् ।
यसमध्ये ७८ हजार ८१६ पुरूष र ७३ हजार ८८२ महिला तथा अन्य १ मतदाता छन् । यहाँ १९५ मतदान केन्द्रबाट मतदान हुनेछ । सोही क्षेत्रको प्रदेशसभा (क) मा ४० हजार १०१ पुरुष तथा ३६ हजार ४५२ महिला गरी ७६ हजार ५५३ मतदाता छन् ।
यसमा ९४ मतदान केन्द्र छन् । प्रदेशसभा (ख)मा भने ३८ हजार ७१५ पुरूष र ३७ हजार ४३० महिला गरि ७६ हजार १४६ मतदाता छन् । यहाँ ९५ मतदान केन्द्र छन् ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्रनम्बर २ मा ७९ हजार १७४ पुरुष र ७८ हजार २६७ महिला गरि १ लाख ५७ हजार ४४२ मतदाता छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र छन् ।
प्रतिनिधिसभा क्षेत्रनम्बर २ को प्रदेशसभा (क)मा ३९ हजार २५८ पुरुष, ३७ हजार ८५० महिला तथा अन्य एक गरि ७७ हजार १०९ मतदाता छन् ।
प्रदेशसभा (ख)मा भने ३९ हजार ९१६ पुरुष तथा ४० हजार ४१७ महिला गरि ८० हजार ३३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij