Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विदेशी प्रभावविरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा 

विदेशी प्रभावविरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा 

  • 309
    SHARES
  • विदेशी प्रभावविरुद्ध राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा 

    हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गैरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् । 

    हेटौंडाको पदमपोखरीमा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताएका हुन् । 

    थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न समेत उनको आग्रह गरे । मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरु कुनै चाह नरहेको समेत स्पष्ट पारे ।

    राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उनले टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # कमल थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij