Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

यात्रुले विमान भित्रै एयर होस्टेसलाई कुटेपछि...

यात्रुले विमान भित्रै एयर होस्टेसलाई कुटेपछि...

  • 411
    SHARES
  • यात्रुले विमान भित्रै एयर होस्टेसलाई कुटेपछि...

    एजेन्सी, मेक्सिको सिटी । उडानका समयमा एक यात्रुले एयर होस्टेसलाई आक्रमण गरेका छन् ।

    मेक्सिकोको लस क्याबोसबाट लस एन्जलसका लागि उडेको एक अमेरिकी एयरलाइन्सका यात्रुले एयर होस्टेसलाई आक्रमण गरेका हुन् । आक्रमण गर्ने यात्रुलाई आजीवन प्रतिबन्ध लगाइएको छ । बुधबार अमेरिकन एयरलाइन्सको उडान ३७७ मा उक्त घटना भएको हो । आक्रमणको भिडियो अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ ।

    वासिंगटन पोस्टका अनुसार स्थानीय समयअनुसार दिउँसो साढे तीन बजे उक्त विमान लस एन्जलस विमानस्थलमा अवतरण गरेको थियो । अवतरणपछि ती यात्रुलाई संघीय अनुसन्धान व्युुरोका अधिकारीहरूले हटाएका थिए । ट्वीटरमा सेयर गरिएको ३३ सेकेन्ड लामो भिडियो क्लिपमा विमानका पुुरुष एयर होस्टेसले यात्रुलाई ‘तपाइँले मलाई धम्की दिएको हो ?’ भनेको सुन्न सकिन्छ । त्यति भनेर उनी अगाडि बढ्दा पछाडिबाट सुन्तला रंगको सर्ट लगाएका यात्रु पछाडिबाट दौडिएर मुड्कीले एयर होस्टेसको टाउकोमा हिर्काउँछन् ।

    अन्य यात्रुुले ‘ओ माइ गड’ भनेको आवाज पनि भिडियोमा सुन्न सकिन्छ । एक यात्रुले ‘तपाइँले के गरेको हो ?’ भनेर ती व्यक्तिलाई झपारेका देखिन्छन् । कुटाइ खाएका एयर होस्टेसको उद्दार गर्न एयर होस्टेस आएको पनि भिडियोमा देख्न सकिन्छ । बाँकी उडानभर ती व्यक्तिलाई विमानका अन्य यात्रुले नियन्त्रणमा लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij