Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरुद्धका मुद्दाको सुनुवाइ हुँदै

हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरुद्धका मुद्दाको सुनुवाइ हुँदै

  • 334
    SHARES
  • हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरुद्धका मुद्दाको सुनुवाइ हुँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरूमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। 

    संसदले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरू न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो। 

    फुयालको इजलासमा आज राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ। उक्त रिटहरू फुयालको इजलासको ८औं नम्बरमा राखिएको छ।

    संसदले दोस्रो पटक पारित गरेर पठाएको नागिरकता विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij