Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भुइँमानवको पक्षमा न्याय किन हुँदैन ?

भुइँमानवको पक्षमा न्याय किन हुँदैन ?

  • 1.4K
    SHARES
  • भुइँमानवको पक्षमा न्याय किन हुँदैन ?

    श्रमजीवीका युगिन साझा माग मुद्दामा किन जुनसुकै सरकार उदासिन देखिन्छ ? वास्तविकता के रहेछ भन्ने प्रसङ्गबाट नै नेपाल विद्यालय कर्मचारी परिषद्ले लामो समयदेखि भेला, छलफल र बहसपश्चात मिति २०७९/०५/०१ गते देखि ऐतिहासिक रूपमा  आन्दोलनका कार्यक्रमहरू चरणबद्ध रूपमा राष्ट्रिय समित र जिल्ला अध्यक्षसहितको संयुक्त बैठकको निर्णयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गढबाट शुभारम्भ भएको आन्दोलन मिति २०७९/०५/१२देखि हाल सम्मको वार्ता, छलफलको क्रममा विभिन्न व्यक्ति, संस्था र सरकारका सम्पूर्ण निकायहरूसँगको भेटघाट, छलफल र बसाइँको अनुभवले नै प्रमाणित गर्छ की नेपालमा माथि उल्लेखित तमाम प्रश्नको वास्तविकता अर्कै रहेछ ।

    images

    हामीले जसलाई विश्वास गरेर राज्य सञ्चालनमा विधिबत् रूपमा पठाउने परम्परामागत कार्य गर्दै आएका छौं सो विधि र पद्धति नै कतै भ्रामक त होइनअर्थात कतै गलत व्यक्ति र प्रणालीको संरक्षण, पक्षपोषण र पक्षीकरण त गर्दै छैनौं ? तमाम प्रश्नको म आज पनि खोजमा छु ।

    मैले मेरा केही कुरा राख्ने प्रयास गरेको छु । नेपामा हामी जुन राजनीतिक दलहरुलाई आशा भरोसा र विश्वासका साथ मतदान गर्छौं त्यो सबै आजको समयसम्म आइपुग्दा वास्तवमा भ्रम हो । झुटो हो । निरीह, कमजोर र भुइँमानवको ढाडमा टेकेर विस्तारवादी नीतिको रस र साम्राज्यवादी चङ्गुलको मतियार बन्दै जानुको एउटै कारण रहेछ राजनीति ।

    राज्यको मूलनीति र संविधान मूलकानुन ऐन नियमावली सबै नाटकै रहेछन् । सबै   नौटङ्की नै भएको साबित भइक्दा नेपालीको राजनैतिक मैदानमा चप्पल लगाएर आउने मध्येका सबैलाई छानीछानी नेपाल विद्यालय कर्मचारी परिषद्का घरपरिवारले यही मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्न गराउनका लागि हार्दिक आह्वान गरिन्छ ।

    नेपाल सरकारलाई सुव्यवस्थित, सुस्वस्थ, सफल एवम अब्बलताका साथ राज्य सञ्चालनमा अहम् भूमिका खेलेको र राज्यकोषको कानुन त संरक्षण, सम्बर्द्धन राज्यको हितमा लागानी गरेको त प्रमाणित भई सक्यो ४५ अर्बको चुनावी चट्नीले 

    यसमा यिनै निजामती कर्के कर्मचारीको कार्यशैली र जनहितकर सेवाप्रवाह र मुस्कानसहितको कानुनी सेवासुविधा र जनउत्तरदाहिताको पूर्ण जवाफदेहीताका कारण नेपालमा शाहाकाल राणाकाल र प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अझै समृद्ध सेवासुविधायुक्त निजामती हितकर संसार अनि समभ्रान्तिय राजनैतिक पेसा कर्मी हरुका लागि...रे ।

    मलाई त हाँसो लाग्छ । आजको मितिसम्म आइपूग्दा सबै राजनैतिक दल सबै शैक्षिक संघसंगठन र निजामती सेवाको शासनसत्ताविरुद्धको धमिरेपनको कमाउ धन्दा र दलाली सिवाय अरू केही नभएको आज नेपाली समुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको साझा बुझाइ पछिको एक खालको धारणा बनेको छ ।

    यसको असर एवम् प्रभावको सकारात्मक वा नकारात्मक रुपमा सन्देश के दिन्छ कसकसलाई कुन–कुन व्यक्ति, संस्था र निकायलाई क्षति पुग्छ यसप्रति नेपाल विद्यालय कर्मचारी परिषद् सबै पूर्व जानकारीका साथ हार्दिक अनुरोध गर्दछ ।

    यो हाम्रो रहर नभएर बाध्यता हो । सबैमा जानकारीका लागि यो पोष्टमार्फत ४०,००० हजार विद्यालय कर्मचारी मित्रहरू उच्च तयारीका साथ परिषद् भेला र गठनमा तदारुकताका साथ लागि दिनकालागि हार्दिक आह्वान गरिन्छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology