Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम गर्ने 

एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम गर्ने 

  • 447
    SHARES
  • एनआरएनएले डेंगु रोकथामको लागि जनचेतना कार्यक्रम गर्ने 

    काठमाडौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा सुरु भएको डेंगु भाइरस रोकथाम गर्न जनचेतना कार्यक्रम गर्ने भएको छ ।

    images

    संघका अध्यक्ष रविना थापाका अनुसार संघको स्वास्थ्य समितिको सक्रियतामा आइतबार भर्चुअल जनचेतना कार्यक्रम गर्न लागिएको हो ।

    नेपालमा अहिले डेंगु भाइरसबाट हजारौं मानिस संक्रमित भएर सयौं अस्पतालमा भर्ना भएका छन् । पछिल्लो सयम काठमाडौं उपत्यकामा डेंगु भाइरसको संक्रमणको उच्च जोखिममा रहेको छ ।

    एनआरएनए विश्व स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाको समन्वयमा एनआरएनए ग्लोबल हेल्थ कमिटीले डान्फे केयरसँग सहकार्य गरी डेंगु भाइरल रोगको रोकथाम, प्रारम्भिक उपचार र व्यवस्थापनबारे कार्यक्रममा जानकारी दिइने छ ।

    कार्यक्रममा डा.प्रभात अधिकारी सहित डेंगु विशेषज्ञहरूले सो रोगथामको लागि चाल्नु पर्ने कदमका बारेमा आ–आफ्ना भनाइहरू राख्ने छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology