Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

स्याउ देखाउँदै अर्थमन्त्रीले भने– कर्णालीको विकासमा कृषिको भूमिक महत्त्वपूर्ण 

स्याउ देखाउँदै अर्थमन्त्रीले भने– कर्णालीको विकासमा कृषिको भूमिक महत्त्वपूर्ण 

  • 323
    SHARES
  • स्याउ देखाउँदै अर्थमन्त्रीले भने– कर्णालीको विकासमा कृषिको भूमिक महत्त्वपूर्ण 

    जुम्ला । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्त्वपूर्ण हुने बताए ।

    images

    ‘कृषि उत्पादन वृद्धिविना मुलुकको आर्थिक समृद्धि सम्भव छैन,’ उनले भने, ‘किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार छ ।’

    अर्थमन्त्री शर्माले कर्णालीसँग समग्र मुलुकलाई नै पाल्न सक्ने सामार्थ्य भएकोले कर्णालीमा लगानी बढाउन जरूरी रहेको बताए । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुर्याउन , किसानलाई उपयुक्त प्रविधि मलबिउ समयमै पुर्याउन सरकार लागिरहेको पनि उनले बताए ।

    जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित गुठीचौर एग्रो फार्मको उद्घाटन गर्न शनिबार जुम्ला आएका अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न र बलियो बनाउन कृषि क्षेत्रको योग्दान महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

    उनले भने, ‘जुम्लाको स्याउ, सिमी र ओखरले नै जुम्लाको अर्थतन्त्रमा सुधार ल्याउँछ । तीनै तहका सरकारले कृषिमा युवा आकर्षित गर्ने नीति ल्याउन जरूरी छ ।’

    कर्णाली कृषि, पर्यटन, जडिबुटीका हिसाबले प्रचुर सम्भावनायुक्त प्रदेश भए पनि ठोस नीति र प्रर्याप्त बजेट अभावले कर्णालीको अर्थतन्त्र सुधार नभएको उनले बताए  ।

    जुम्लाका उत्पादनलाई सहज रूपमा बजारमा पुर्याउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने शर्माले बताए ।

    कर्णालीको कृषिमा प्रर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने समेत उनको दाबी  छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सहज वातावरण बनाउन सरकार लागि परेको बताए ।

    यस्तै सांसद गजेन्द्रबहादुर महतले गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेको बताए । यसले धेरैलाई रोजगारी दिनुको साथै कृषिमा नयाँ आयाम ल्याएको उनले बताए ।

    गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले निम्न वर्गीय नागरिकको जीवनस्तर उकास्न कृषिमा पालिकाले लगानी बढाउने बताए  ।

    २०७५ सालदेखि सुरु भएको एग्रोफर्ममा १३ करोड लगानी गरेर ३३ हजार स्याउको बिरुवा रोपेको सञ्चालक मिमबहादुर भण्डारीले बताए । उनले ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए ।

    Min-B-Bhandari-Gave-Apple-to-Minister.JPG.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology