Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • 323
    SHARES
  • सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरूले ९ लाख ७६ हजार ९०० रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।

    दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रूपैयाँ बिगो दाबी गरिएको छ ।

    विभिन्न वडाहरूका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरूले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij