Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतबाट दुई महिनामा ४१ अर्ब बढीको इन्धन भित्रियो

भारतबाट दुई महिनामा ४१ अर्ब बढीको इन्धन भित्रियो

  • 296
    SHARES
  • भारतबाट दुई महिनामा ४१ अर्ब बढीको इन्धन भित्रियो

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रूपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ ।

    images

    भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो । सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रूपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ ।

    बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रूपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रूपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रूपैयाँको एलपी ग्यास नेपाल आएको छ ।

    गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ) मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रूपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रूपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको विभागको तथ्यांकले देखाउँछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology