वेबटिभी खबर
काठमाडौं । विभिन्न १२ राजनीतिक दलहरूले निर्वाचन आचारसंहित–२०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालगायत १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दलका प्रमुख तथा प्रतिनिधिहरूबाट लिखित प्रतिबद्धता व्यक्त भएकाे आयोगले जनाएकाे छ ।
निर्वाचन आयोगमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल, नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थित थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij