Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

भारतबाट काठ काटेर ल्याउने छ जना पक्राउ

भारतबाट काठ काटेर ल्याउने छ जना पक्राउ

  • 621
    SHARES
  • भारतबाट काठ काटेर ल्याउने छ जना पक्राउ

    कञ्चनपुर । निषेधाज्ञाको उल्लंघन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो ।

    images

    काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

    काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन । यसैगरी सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको रु पाँच लाख ३४ हजार ७८० बराबरको अवैध सामानसमेत बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

  • सम्बन्धित विषय:

  • # भारत

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology